सबैभन्दा धेरै हतियार आयात गर्ने मुलुक बन्यो भारत

न्युजलय २९ फाल्गुण २०८०, मङ्गलबार १२:१३ मा प्रकाशित

काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी हतियार आयात गर्ने मुलुक बनेको छ ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार पछिल्लो पाँच वर्षमा भारतले सबैभन्दा बढी हतियार खरिद गरेको छ ।प्रतिवेदनअनुसार पाँच वर्षमा भारतको हतियार खरिद ४.७ प्रतिशतले बढेको छ ।

यता, चीनको हतियार आयात भने ४४ प्रतिशतले घटेको छ । पाकिस्तान धेरै हतियार आयात गर्ने पाँचौं ठूलो मुलुक बनेको छ ।