मेष । महत्वहीन काममा समय बित्न सक्छ समयको मूल्यलाई बुझौं। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। धार्मिक वा आध्यात्मिक पुस्तकको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
वृष । आफूभन्दा ठूलाप्रति आत्मीय भाग जाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन । आर्थिक वा व्यावसायिक समस्याको समाधान हुनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग पाइनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरुले साथ दिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट । धेरै समयदेखी लम्बिएको काम पूरा हुनेछ। नयाँ कामका विभिन्न अवसरहरू प्राप्त हुनेछन्। आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह । दिनको उत्तरार्धमा स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा कमी आउनेछ। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
कन्या । मनोरञ्जन संगै धार्मिक कार्यमा रुचि बढ्नेछ। बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। शुभकर्म गर्नुभन्दा अघि देवी लक्ष्मीको आराधना गरौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
तुला । रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। प्रतिक्षित नतिजाको परिणाम हजुरको अनुकूल रहनेछ। शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक । प्रिय व्यक्तिहरूसँग भेटघाट हुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।
धनु । लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्। नोकरी वा पेशामा समयमा कार्यसम्पादन गर्नमा सहयोगीहरूको सहयोग पाइनेछ। खानपिनमा विशेष ख्याल राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मकर । व्यापार व्यवसायमा लगानी बढाउने परिस्थिति उत्पन्न होला। अवसरको खोजीमा कडा मेहनत गर्नुपर्ला। आफ्नो कुरालाई स्पष्टताको साथमा राख्न सफल भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ । सेवामूलक कामबाट लाभ मिल्नेछ। महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ। बोली प्रभावशाली रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मीन । व्यक्तित्वलाई निखार्ने समय रहेको छ। प्रतिस्पर्धामा विजय प्राप्त होला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा लाभ मिल्नेछ। सानो प्रयासले जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
स्रोत हाम्रोपात्रो