काठमाडौं । २०७९ सालको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) सेयर बजार परिसूचक नेप्सेमा १.४८ प्रतिशतले घटेर बन्द भएको हो ।
बुधबार नेप्सेमा ९२.२२ अंकको उच्च वृद्धि भएको थियो । तर, २०७९ सालको अन्तिम दिन बिहीबार नै नेप्सेमा करेक्सन आएको छ । बिहीबार बजार परिसूचक नेप्से २९.०७ अंकले गिरावट हुँदा १९३४.४७ अंकमा बन्द भएको छ ।
बिहीबार सेयर बजारका सबै उपसूचकहरु घट्दा नेप्से पनि ओरालो लागेको हो । विकास बैंक उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.३३ प्रतिशतले घटेको छ ।
नेप्सेमा करेक्सन हुँदा कारोबार रकम पनि खुम्चिएको छ । बुधबार १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार भने घटेर १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा झरेको छ ।