टर्कीमा नवजात शिशु र आमाको ९० घण्टापछि उद्धार

न्युजलय २८ माघ २०७९, शनिवार ०७:३९ मा प्रकाशित

इस्तानबुल । टर्कीको भुकम्पमा फँसेका शिशु र आमाको करिब ९० घण्टापछि उद्धार गरिएको छ । दक्षिणी हाताए प्रान्तको क्षतिग्रस्त भवनको भग्नावशेषबाट १० दिने यागिज नामक बच्चाको जीवित उद्धार गरिएको हो ।

स्थानीय सञ्चारमाध्यमले यसलाई चामत्कारिक घटनाको संज्ञा दिएका बीबीसीले लेखेको छ ।

भूकम्पको चार दिनपछि कठ्याङ्ग्रिने गरी जाडो बढिरहेको छ भने भग्नावशेषमा थप जीवित व्यक्ति भेटिने आशा क्षिण हुँदै गइरहेको छ । तर पनि भूकम्पग्रस्त टर्की र सिरियामा अझै उद्धार र खोजीकार्य जारी रहेको छ ।

इस्तानबुलका मेयर एक्रेम इमामोग्लुले आफ्नो नेतृत्वमा रहेका टोलीले सामान्दाग सहरमा तिनीहरुको उद्धार गरेको पुष्टि गरेका छन् । टर्की र सिरियामा भूकम्पमा मर्नेका सङ्ख्या २१ हजार नाघिसकेको छ । मर्नेहरुमा अधिकांश टर्कीका रहेका छन् ।