नेप्से परिसूचक ९.१६ अंकले बढ्यो

न्युजलय २ भदौ २०८२, सोमबार ०४:०३ मा प्रकाशित

काठमाडौं । सोमबार नेप्से परिसूचक एकल एकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा अडिएको छ ।

नेप्से बढेपनि कारोबार रकम आइतबारको तुलनामा घटेको छ।  यसदिन ३२० स्क्रिप्सको १ करोड ५२ लाख  २९ हजार  ८२१ कित्ता सेयर ६ अर्ब १७ करोड ९८ लाख  ५५ हजार २०९ रुपैयाँमा खरिदबिक्री भए।