काठमाडौं । भारतको केरलामा भिडियो हेर्दै गर्दा मोबाइल पड्किदा आठ वर्षीया बालिकाको मृत्यु भएको छ।
सोमबार राति केरलाको थिरुभिलवामालामा मृत्यु हुने बालिका आदित्यश्री हुन्।
आदित्यश्री कक्षा ३ मा अध्ययनरत छात्रा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। परिवारका अनुसार मोबाइल फोन बालिकाको हातमा नै विस्फोट भएको थियो।
घट्नाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने फरेन्सिक टोलीलाई पनि खटाएको छ। स्थानीय बासिन्दाका अनुसार घरबाट ठूलो आवाज आएको थियो। दुर्घटना सोमबार राति भएको थियो। घटनाको समयमा बालिका र उनकी हजुरआमा मात्रै घरमा थिए।
मोबाइल फोन धेरै तातेकाले पड्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले बताएको छ।