बेइजिङको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

न्युजलय ६ बैशाख २०८०, बुधबार ०८:०७ मा प्रकाशित

काठमाडौं । चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।

चिनियाँ टेलिभिजन सीसीटीभीले बेइजिङस्थित चाङफेङ अस्पतालमा स्थानीय समय अनुसार मंगलबार दिउँसो १ बजे आगलागी भएको र २१ जनाको मृत्यु भएको जानकारी दिएको हो । ७१ जनालाई भने अस्पतालबाट सुरक्षित बाहिर निकालिएको छ । 

बेइजिङमा सन् २०१७ पछि आगलागीबाट भएको यो नै सबैभन्दा ठूलो क्षति हो । सन् २०१७ मा दाक्सिङ जिल्लामा दुई तले भवनमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको थियो ।