काठमाडौँ । दक्षिण सीमावर्ती क्षेत्रमा भारतले लगाएको नेपाली गाडीमाथिको प्रतिबन्ध हटेको छ ।
केही दिनयता विविध कारण देखाउँदै भारतले नेपालबाट रक्सौलसम्म जाने नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे गाडीहरुलाई प्रवेश निषेध गरेको थियो ।
जानै पर्ने भएमा त्यस्तो गाडीले विशेष पास लिएर मात्र प्रवेश पाउने व्यवस्था सीमावर्ती भारतीय कस्टमले गरेको थियो ।
तर, पछिल्लो पटक भारतीय महावाणिज्य दूतावास तथा भारतीय कस्टमका प्रमुखसँग नेपाली पक्षको छलफलपछि नेपाली गाडीमाथिको प्रतिबन्ध खुलाउन भारत तयार भएको हो ।
योसँगै अब नेपालबाट भारतको रक्सौल तथा आसपासका क्षेत्रमा नेपाली गाडीहरु निर्बाध जान सक्नेछन् ।