स्कुल बस पल्टिँदा पाँच विद्यार्थीको मृत्यु

न्युजलय २९ चैत २०८०, बिहिबार १२:४७ मा प्रकाशित

काठमाडौँ । भारत हरियाणाको महेन्द्रगढ जिल्लामा स्कुल बस पल्टिँदा पाँच बालबालिकाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा २० बालबालिका घाइते अवस्थामा लगिएको थियो। चार बच्चाको ज्यान अस्पताल पुर्‍याउनु अघि नै गइसकेको थियो। 

उक्त बस जीआरएल स्कुलको हो र उनीहरु बसमा स्कुल जाँदै थिए।