काठमाडौं । सर्बियाको म्लादेनोभाक शहर नजिक बिहीवार(आज) भएको गोलीकाण्डमा आठजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
राजधानी बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा घटना भएको हो ।
बन्दूकधारीले गुडिरहेको गाडीबाट अटोमेटिक राइफलमार्फत गोली प्रहार गरी घटनास्थलबाट फरार भएको त्यहाँको सरकारी टीभी आरटीएसले खबर दिएको छ ।
प्रहरीले आक्रमणकारीलाई खोजिरहेको छ । यही साता बेलग्रेडको एक विद्यालयमा भएको गोलीकाण्डमा नौजनाको मृत्यु भएको थियो ।