खोटाङमा बिहे भोज खाएका डेढ सय जना बिरामी

न्युजलय २६ माघ २०८२, आइतबार ११:४२ मा प्रकाशित

खोटाङ । खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुना गरी करिब डेढ सय जना बिरामी परेका हुन् ।

माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । उनीहरुमा ज्वरो आउने, पेट दुख्ने, उल्टी हुने, झाडापखाला लाग्ने समस्या देखिएको बताइएको छ । भोज खाएपछि उनीहरुलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको छ ।

सुरुमा केही व्यक्तिहरु बिरामी भएको खबर आएपछि स्वास्थ्यकर्मीले घरघरमा गएर उपचार गरेका थिए । तर पछि गाउँका प्रत्येक घरमा मानिसहरु बिरामी भएपछि दिप्लुङकै निगालावास भञ्ज्याङ दुई घरमा सबैलाई ल्याएर उपचार गराइएको बताइएको छ ।

बिहे भोज खाएर गएका टाढा टाढाका पाहुनाहरु पनि बिरामी भएको खबर आएको छ । नजिकै रहेका पाहुनालाई सोही ठाउँमा ल्याएर उपचार गराइएको छ