एजेन्सी । भारतमा पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ ।
भारतमा आज कोरोना भाइरसले ठूलो फड्को मारेको छ । एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएपछि त्रासको वातावरण बनेको मिडिया रिपोर्टमा उल्लेख छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा १० हजार १ सय ५८ नयाँ कोरोना संक्रमित थपिएका छन् जुन अघिल्लो दिन अर्थात बुधबारको तुलनामा ३० प्रतिशतले बढी हो ।