काठमाण्डौ । भारतको राजाधानी नयाँ दिल्लीस्थित एक अदालत परिसरमा गोली चलेको छ। शुक्रबार बिहान नयाँ दिल्लीस्थित साकेत जिल्ला अदालत परिसरमा गोली चल्दा एक महिलाको मृत्यु भएको छ।
आक्रमणकारीले महिलालाई गोली हानेर फरार भएका छन्। वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई गोली हानी हत्या गरेका हुन्। कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको छ।
अदालत परिसरमा भीडभाड भएको समयमा ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ। समाचारमा बताइएअनुसार आक्रमणकारी वकिलको पोशाकमा अदालत प्रवेश गरेर महिलामाथि चार गोली प्रहार गरेका थिए।
महिलाको पेट तथा शरीरको अन्य भागमा चोट लागेको थियो। लगत्तै ती महिलालाई उपचारका लागि स्थानीय अस्पतालमा पुर्याइएको थियो।
आरोपितको पहिचान भने खुलेको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।