फ्रान्समा गोली चल्दा तीन जनाको मृत्यु

न्युजलय ९ पुस २०७९, शनिवार ०८:२६ मा प्रकाशित

काठमाडौं । मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।


गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । आक्रमणबारे अनुसन्धान भइरहेको छ । संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिएका छन् ।