कालिञ्चोक दर्शनको आईपीओ आज बाँडफाँड

न्युजलय १९ माघ २०७९, बिहिबार ०५:५४ मा प्रकाशित

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बिहीबार(आज) बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौँको नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। 

कम्पनीले गत माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो। 

आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १४ लाख ७३ हजार ९६९ आवेदकले कुल १ करोड ६६ लाख ७० हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए। 

जसमा १४ लाख ६५ हजार ७६३ आवेदकबाट परेको १ करोड ६५ लाख ६६ हजार २३० कित्ता सदर भएको छ भने बाँकी ८ हजार २०६ आवेदकबाट १ लाख ४ हजार ७६० कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ८९ हजार ६४० जनाले मात्र सेयर हात पारेका छन्।