म्यानमार । म्यानमार सेनाको हवाई कारबाहीमा झण्डै एक सय जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ महिला र बालबालिकाहरु छन् । त्यसबाहेक कैयौँ घाइते भएका छन् ।
म्यानमारको प्रमुख शहर याङगुनदेखि ११० किलोमिटर टाढाको जागाइं क्षेत्रमा सैन्य सरकारविरोधी अभियानमा उत्रिएका मानिसमाथि गोलाबारुद बर्साइएको थियो । मृतकको संख्या करिब एक सय पुग्ने आशंका गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सेनाले पछिल्लो समय सरकारविरोधी समूहलक्षित कारबाही र हस्तक्षेपलाई बढाएको छ। सन् २०२१ मा प्रजातान्त्रिक सरकारका जनप्रतिनिधिहरूलाई नियन्त्रणमा लिँदै सरकार हत्याएको थियो ।
त्यति बेलापनि करिब ३ हजार मानिसले ज्यान गुमाएका थिए।