काठमाण्डौ । चीनको अरलमा सोमबार(आज) बिहान भूकम्पको झट्का महसुस गरिएको छ । भूकम्प ५.९ म्याग्नेच्युडको रहेको बताइएको छ ।
हालसम्म कुनै पनि खालको क्षतीको विवरण आएको छैन । भूकम्प अरल (चीन) को १११ किमी दक्षिण पूर्वमा आएको हो । यसबाहेक मध्य एशियामा स्थित देश किर्गिस्तानमा पनि भूकम्पको झट्का महसुस गरिएको छ ।
शनिबार इरानको खोय शहरमा पनि भूकम्प आएको थियो जसमा सातजनाको मृत्यु र करिब ४४० जना घाइते भएका थिए ।