इजरायलको हवाई आक्रमणमा २० प्यालेस्टिनीको मृत्यु

न्युजलय ३१ मङ्सिर २०८०, आइतबार ०३:१९ मा प्रकाशित

काठमाडौं। इजरायलले जबलियामा गरेको हवाई आक्रमणमा करिब २० प्यालेस्टिनी मारिएका छन्।

गाजाको उत्तरी क्षेत्रमा भएको सो आक्रमणमा करिब १०० मानिस घाइते भएका छन्। शेहब परिवारमाथि लक्षित सो आक्रमणमा अन्य घरहरु पनि क्षतिग्रस्त भएका छन्।

गाजामा भएका ३६ अस्पतालमध्ये ११ ले सेवा प्रदान गरिरहेको विश्व स्वास्थ्य संगठन (डल्बूएचओ) ले जनाएको छ। इजरायली सेनाले गाजाको खान यूनिस र  डेर अल–बलाहमा पनि हमला गरेका थिए।