बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

न्युजलय २२ असार २०८०, शुक्रबार ०२:२० मा प्रकाशित

काठमाडौँ । पाकिस्तानको मार्तुङ खास शांगला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु भएको छ ।

क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दाँ उक्त हताहति भएको बताइएको छ । एक बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एकजनाको खोजी भइरहेको छ । 

दुर्घटनाका बेला १० बालबालिका क्रिकेट खेलिरहेका बताइएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो ।