युएईको पहिलो हिन्दु मन्दिर भक्तजनका लागि खुला

न्युजलय ३ फाल्गुण २०८०, बिहिबार १२:४७ मा प्रकाशित

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीमा बनेको पहिलो हिन्दु मन्दिर भक्तजनका लागि खुला गरिएको छ ।

यस मन्दिरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । यो मन्दिर बोचासन निवासी श्री अक्षर पुरुषोत्तम स्वामिनारायण संस्था अर्थात् बीएपीएसले निर्माण गरेको हो ।

मन्दिरका लागि जग्गा संयुक्त अरब इमिरेट्सले दिएको थियो । यो मन्दिर करिब २७ एकड जमिनमा ७ सय करोडको लागतमा निर्माण गरिएको हो ।