पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु

न्युजलय २९ फाल्गुण २०८०, मङ्गलबार ०१:३० मा प्रकाशित

काठमाडौ ।  पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु  भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको बताइएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए। मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उनले बताए । 

भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।