चिनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार

न्युजलय २६ असोज २०८०, शुक्रबार ०५:१५ मा प्रकाशित

काठमाडौं । चीनको बेइजिङस्थित इजरायली दूतावासका एक कूटनीतिज्ञमाथि छुरा प्रहार भएको छ ।


इजरायली विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको गरेको हो । इजरायलको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार छुरा प्रहारबाट ती कूटनीतिज्ञ घाइते भएको र उनकोको उपचार भइरहेको छ ।


उनीमाथि छुरा प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको छ । उनीमाथि छुरा प्रहार भएको स्थान इजरायली दूतावास नजिक नभएको रोयटर्सले जनाएको छ ।