साउदीबाट एक महिलाको उद्दार

न्युजलय १४ फाल्गुण २०७९, आइतबार ०८:२५ मा प्रकाशित

काठमाडौं । साउदीबाट एक महिलाको उद्धार गरी नेपाल फर्काइएको छ ।

करिब दश वर्ष अघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरुले अवैधानिकतवरले लामो समय घरेलु कामदारको रुपमा काम लगाई विगत चार महिना अगाडी एक रोजगारदाताले बिना जानकारी महावाणिज्य दूतावासको गेटमा अलपत्र अवस्था छोडिदिएको थियो । 

पीडित टंकमायालाई सुरक्षित नेपाल फिर्ती नहुन्जेलसम्म दूतावासले सेल्टरमा राखी नेपाल पठाउनका लागि आवश्यक पर्ने प्रक्रिया सुरु गरेको थियो । दूतावासबाट उनको एक्जिट भिसा तथा क्षतिपूर्तिको लागि पटक- पटक साउदी सरकारका विभिन्न निकायहरुमा लेखापढी तथा छलफल मार्फत गरिएको भए पनि क्षतिपूर्तिको पाउन नसकिएको दूतावासले जनाएको छ ।

उनको साउदी प्रवेश एवम् यहाँको कानुनी हैसियत सम्बन्धी रेकर्डको अभावमा एक्जिट भिसा प्राप्त गर्न नसकिएपछि दूतावासले साउदीको परराष्ट्र मन्त्रालयसँग छलफल गरी निरन्तरको प्रयासमा एक्जिट भिसा प्राप्त गर्न सफल भएको थियो ।

महावाणिज्य दूतावासको पहलमा गैर आवासीय नेपाली संघ९एनआरएनए० साउदीले नेपाल फिर्तीको लागि हवाई टिकट उपलब्ध गराएपछि बिहीबारको उडानमार्फत सुरक्षीतरुपमा नेपाल पठाइएको जनाएको छ ।