बंगलादेशको रोहिंग्या शिविरमा आगलागी हुँदा १२ हजार मानिस घरबारविहीन

न्युजलय २२ फाल्गुण २०७९, सोमबार ११:१० मा प्रकाशित

काठमाण्डौ । दक्षिण पूर्वी बङ्गलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ ।

आगलागी आइतबार भएको थियो जसको चपेटामा हालसम्म कक्स बजार क्याम्पका २००० भन्दा बढी सेल्टर पुगिसकेका छन् । 

छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२,००० मानिस अहिले घरबारविहीन भएको अनुमान गरिएको छ । आगलागीका कारण भने हालसम्म खुल्न सकेको छैन र यसमा मानवीय क्षति भने भएको छैन ।

स्थानीय समय अनुसार आइतबार दिउँसो ३ः४५ बजे आसपास लागेको हो र केही बेरमा बाँस वा त्रिपालले बनेको सेल्टर होम यसको चपेटामा पर्‍यो ।