साउदीले सन् २०२३ मा दुई लाख श्रीलंकालीलाई रोजगारी दिने

न्युजलय ११ माघ २०७९, बुधबार ०७:१८ मा प्रकाशित

काठमाडौं । श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले मंगलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलंकाली कामदार लैजान इच्छुक रहेको बताए।  

मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलंकाका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलंकाली वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको  बताएका छन्। 

श्रीलंकाका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो।

श्रीलंकाका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।