बंगलादेशको रेष्टुरेन्टमा आगलागी हुँदा ४३ जनाको मृत्यु

न्युजलय १८ फाल्गुण २०८०, शुक्रबार ०१:३४ मा प्रकाशित

काठमाडौँ । बंगलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिदा सो संख्यामा मृत्यु भएको हो ।

सरकारी सुरक्षा अधिकारीका अनुसार त्यस आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौंलाई आसपासका अस्पतालमा लगिएको थियो । 

आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारण अनुसन्धान भइरहेको दमकल बिभागले जनाएको छ । डेली बंगलादेश अखबारका अनुसार आपतकालीन सेवाहरूलाई कच्चीभाइ रेस्टुरेन्टमा बोलाइएको थियो, जुन रेष्टुरेन्ट रहेको भवन सात तलाको छ।