क्रिस्चियन स्कूलभित्र फायरिङ, ३ बालबालिकासहित ७ जनाको मृत्यु

न्युजलय १४ चैत २०७९, मङ्गलबार ०७:२४ मा प्रकाशित

काठमाडौं । अमेरिकाको क्रिस्चियन स्कूलमा अन्धाधुन्ध फायरिङ हुँदा ३ बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । घटनामा कैयौ व्यक्ति गम्भीर घाइते भएका छन् । 

घटनामा २८ वर्षीया युवतीको संलग्नता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको जवाफी कारवाहीमा उनको पनि मृत्यु भएको छ । 

घटनामा परेका बालबालिकालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । फायरिङको घटना भएको विद्यालयमा २०० बालबालिका अध्ययनरत थिए ।

अमेरिकामा बन्दुक फायरिङका घटना धेरै हुने गरेका छन् । यसलाई रोक्न राष्ट्रपति जो बाइडनले कांग्रेस बोलाएका छन् ।