युक्रेनमा रुसको मिसाइल हमला, ५ जनाको मृत्यु

न्युजलय २३ साउन २०८०, मङ्गलबार ०७:२३ मा प्रकाशित

एजेन्सी । रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा फेरि मिसाइल हमला गरेको छ ।

यसमा एक आवासीय भवनलाई निशाना बनाइएको थियो, जसका कारण पाँच जनाको मृत्यु भएको थियो। सोही क्रममा ३१ जना घाइते भएका छन् ।

योसँगै युक्रेनले रुसको यो आक्रमणको निन्दा गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा आवासीय भवनमा आक्रमण गरेको बताए । उनले यस सम्बन्धमा एउटा भिडियो पनि शेयर गरेका छन् । आक्रमणपछि राहत र उद्धार कार्य जारी छ ।