अमेरिकाको क्याम्पसमा गोली चल्दा तीन जनाको मृत्यु

न्युजलय २ फाल्गुण २०७९, मङ्गलबार ११:३९ मा प्रकाशित

काठमाडौँ । अमेरिकाको मिशिगन युनिभर्सिटी क्याम्पसमा मंगलबार बिहान गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

गोली हानाहानमा कैयौं घाइते भएको सिएनएनले उल्लेख गरेको छ ।

युनिभर्सिटी अफ मिशिगनको क्याम्पस प्रहरीले केही व्यक्तिको अवस्था गम्भीर रहेको र ५ घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । 

मिशिगन स्टेट युनिभर्सिटी पुलिसले गोली चलाउने एक संदिग्धको तस्वीर जारी गरेको छ ।