काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कायम भएको छ ।