चीनमा भूकम्पको धक्का महसुस, २१ जना घाइते

न्युजलय २१ साउन २०८०, आइतबार ०१:४५ मा प्रकाशित

काठमाडौँ । चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ । देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । 

स्थानीय समय अनुसार राति २ः३३ बजे भूकम्पको धक्का महसुस गरिएको चाइना भूकम्प नेटवर्क सेन्टरलाई उधृत गर्र्दै सिन्ह्वाले जनाएको छ ।

भूकम्पका कारण १२६ भवन भत्केका छन् भने कम्तीमा २१ जना घाइते भएका छन् ।  

भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो।