चीनको निन्गशियामा ग्याँस विस्फोट हुँदा ३१ जनाको मृत्यु

न्युजलय ७ असार २०८०, बिहिबार १०:५३ मा प्रकाशित

काठमाडौं । चीनको निन्गशिया शहरमाग्याँस विस्फोटमा परेर कम्तिमा पनि ३१ जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार निन्गशिया शहरको एउटा रेष्टुरेन्टमा  बुधबार राति  यो विस्फोट भएको हो । खाना पकाउन प्रयोग हुने ग्यास चुहिएपछि आगो लागेर विस्फोट भएको हो ।

चिनियाँ राष्ट्रपछि सि जिनपिङले दुर्घटनामा घाइते भएकाहरुको उपचारमा हरसम्भव प्रयास गर्ने बताएका छन् ।