आजको सुनको भाउ

न्युजलय ३० चैत २०७९, बिहिबार ०५:४८ मा प्रकाशित

काठमाडौं । २०७९ सालको अन्तिम दिन बिहिबार(आज) सुनचाँदीको भाउ स्थिर रहेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार ८०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ छ ।

यता, बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ रहेको छ ।