बस ट्रकसँग ठोक्किँदा ११ जना विद्यार्थीको मृत्यु

न्युजलय ६ चैत २०८०, मङ्गलबार ०३:४९ मा प्रकाशित

काठमाडौँ । केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएका छन् ।

केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

केन्याली रेडक्रसले घाइतेहरूलाई नजिकैको भोइ शहरको एक अस्पतालमा लगिएको जनाएको छ ।