भारतमा २४ घण्टामा भेटिए ४ हजार ४३५ संक्रमित, १५ जनाको मृत्यु

न्युजलय २२ चैत २०७९, बुधबार ०१:५८ मा प्रकाशित

काठमाण्डौ । भारतमा बुधबार कोरोना संक्रमितको संख्या पछिल्लो पाँच महिनामा सर्वाधिक देखिएको छ । 

बुधबार ४ हजार ४३५ जना संक्रमित भेटिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या बढेर २३ हजार ९१ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको ताजा आँकडाका अनुसार यसअघि सेप्टेम्बर २५ मा कोरोनाका ४ हजार ७७७ संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको मृत्युसमेत भएको छ ।