अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना

न्युजलय २२ जेठ २०८०, सोमबार १०:५४ मा प्रकाशित

काठमाडौ । अफगानिस्तानको उत्तरी सर–ए–पुल प्रान्तका दुई प्राथमिक विद्यालयमा करिब ८० विद्यार्थीलाई विषाक्त सेवन गराइएको छ । 

विषाक्त सेवन गर्न दिइएका कारण बिरामी परेका छात्राहरूलाई हाल अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको उपचार जारी रहेको छ ।  

स्थानीय शिक्षा अधिकारीले अगस्ट २०२१ मा तालिबान सत्तामा आएपछि पहिलो पटक यस्तो आक्रमण भएको बताएका छन् ।