हतुवागढीमा २५ सय बोट गाँजा खेती नष्ट

न्युजलय १५ असोज २०८०, सोमबार ०३:२२ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।


आइतबार इलाका प्रहरी कार्यलय घोडेटारबाट खटिएको प्रहरी टोलीले १३ रोपनी जग्गामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो । 


वडाको विभिन्न स्थान भिरपाखा, पाखाबारी र जंगलहरुमा लगाइएको करिब २५ सय अवैध गाँजाको बोट नष्ट गरिएको इलाका प्रहरी कार्यलय घोडेटारले जनाएको छ ।