चीनमा गएको पहिरोमा ४७ जना पुरिए

न्युजलय ८ माघ २०८०, सोमबार ०१:५४ मा प्रकाशित

काठमाडौं । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा ४७ जना पुरिएका छन् । सोमबार बिहान झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा उनीहरू पुरिएका हुन् । 

पहिरोका कारण कम्तिमा ५०० जना विस्थापित भएका छन् । पहिरोमा फसेकाहरूको उद्धारको प्रयास जारी रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।​ 

बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको  छ ।