आजबाट सेयर कारोबार खुल्दै

न्युजलय २३ असोज २०७९, आइतबार ०१:४५ मा प्रकाशित

काठमाडौं । दशैं बिदा पछि आजबाट नेप्से कारोबार खुल्ला हुने भएको छ। असोज १४ देखि बन्द रहेको सेयर कारोबार आजबाट खुल्ने भएको हो। 


नेप्से परिसूचक अहिले १८५३.७६ विन्दुमा छ । गएको बिहिबार नेप्से परिसूचक १६.२९ अंकले बढेको थियो । यता सेन्सेटिभ परिसूचक ३६३.४२ विन्दुमा पुगेको छ ।