काठमाडौं । मंगलबार(आज) नेप्से परिसूचक ४५.४२ अंकले ओरालो लागेर २०६०.७३ विन्दुमा अडिएको छ।
नेप्से घटेसँगै कारोबार रकम सोमबारको तुलनामा घटेको छ। सोमबार २ अर्ब ८५ करोड बढिको सेयर कारोबार भएको थियो भने आज कूल २ अर्ब ८१ करोड बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। आज अदर्श समूहको सूचक सर्वाधिक ४.८४ प्रतिशतले घट्दा चार समूहको ३ प्रतिशत बढीले घट्यो।