भोलीबाट आईपीओ निष्कासन गर्दै सिवाईसी नेपाल लघुवित्त

न्युजलय २ बैशाख २०७९, शुक्रबार ०२:४७ मा प्रकाशित

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 


संस्थाले चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्नेछ । 


कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 


यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन दिने म्याद छिटोमा वैशाख ६ गते बैंकिङ समयपछि समाप्त हुनेछ । यो अवधिसम्म पनि मागबमोजिम आवेदन नपरेको खण्डमा वैशाख १६ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ ।