काठमाडौं । चीनको ल्याओनिङ प्रान्तको फानजीनमा केमिकल प्लान्ट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन्। त्यसैगरी बिस्फोटमा परि ३४ जना घाइत भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
स्थानीय समयअनुसार आइतबार १ बजेर २५ मिनेट जाँदा यो घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ। फानजीनमा रहेको फानचिन हाओए केमिकल प्लान्टमा मर्मत सम्भारका क्रममा उक्त बिस्फोट भएको थियो।