झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

न्युजलय २१ माघ २०८२, मङ्गलबार ०२:३६ मा प्रकाशित

झापा । झापाको गौरादह नगरपालिका–४ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १–०१–००१ त ९७२० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसको थियो ।

दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन् ।

घाइतेहरूको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । घाइतेको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।