काठमाण्डौ । एल साल्भाडोरको राजधानीस्थित एक फुटबल रंगशालामा भागदौड मच्चिँदा १२ जनाले ज्यान गुमाएका छन् ।
सान साल्भाडोरको अलियान्ज र सान्ता एनाको फास क्लबबीच खेल जारी रहँदा कुस्काटलान रंगशाला त्यो घटना भएको बीबीसीले उल्लेख गरेको छ।
रंगशाला भत्किने बित्तिकै खेल स्थगित गरिएको थियो। राष्ट्रपति नायिब बुकेलेले अभूतपूर्व घटना भएको बताउँदै गहन अनुसन्धान हुने बताएका छन्।
मृतक १८ वर्ष माथिका रहेको प्रहरीले बताएको छ। रंगशालाको प्रवेशद्वार बन्द भइसकेपछि पनि ठूलो संख्यामा दर्शकहरू भित्र पस्ने कोसिस गरेपछि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।