कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा १६ जनाको मृत्यु

न्युजलय १४ पुस २०७९, बिहिबार ०७:२७ मा प्रकाशित

काठमाडौं । थाइल्यान्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। घाइेतको पूर्ण विवरण प्राप्त भएको छैन। 


पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा लागेको आगो निभागउन १२ घण्टाभन्दा बढी लागेको थियो। थाइल्यान्डका बारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए।


सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन्।


आगोमा होटेलका कर्मचारी र छिमेकी थाइल्यान्डका ग्राहक परेका छन्। तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन्।