काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित जिन्दाजान जिल्लाको नाइब रफी गाउँमा यही अक्टोबर ७ मा गएको भूकम्पमा परी हालसम्म २४ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । अझै पनि मानिसहरुको उद्धार र राहतको काम चलिरहेको छ ।
सो क्षेत्रका घर पुनर्निर्माण गर्न करिब दुई महिना लाग्ने बताइएको छ । स्थानीयवासी त्रिपालमुनि बसिरहेका छन् । अहिलेसम्म भूकम्पको परकम्प मापन गरिँदै छ ।