काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि एक सय रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ ।