काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल पुनः पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्यान्डससँग २ रनले पराजित भएको हो । नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।
यसअघि भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।