काठमाडौं । अन्तर्राष्ट्रिय न्यायालयले रुसी रास्ट्रपति भ्यादिमिर पुटिनले युद्ध अपराध गरेको भन्दै पक्राउको आदेश दिएको छ । युरोपको हेगमा रहेको न्यायालयले युक्रेन युद्धमा बालबालिकाहरुको हत्या भएको भन्दै पुटिनलाई पक्राउको आदेश दिएको हो ।
हेगको अदालतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद सदस्य देशको प्रमुख विरुद्ध दिएको यो स्तरको यो प्रथम आदेश हो । यो आदेश पुटिनको पक्राउको लागि भन्दा गैरन्यायिक हत्याको मुद्दा अन्तर्राष्ट्रिय गर्न गरिएको टिप्पणी गरिएको छ ।
आज भएको फैसलालाई रुसले “अर्थहीन” भनेको तर युक्रेनले “ऐतिहासिक” भनेको छ ।