फिलिपिन्समा डुङ्गा दुर्घटना हुँदा ३० जनाको मृत्यु

न्युजलय १२ साउन २०८०, शुक्रबार ०१:०८ मा प्रकाशित

काठमाडौँ ।  फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा डुङ्गा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ । 

बयालीस जना यात्री क्षमताको उक्त डुङ्गामा ७० जना सवार थिए । तालमा हुरी चलेको त्यसबाट त्रस्त अधिकांश यात्री डुङ्गाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन् । डुङ्गामा अन्य यात्री पनि रहेका आशङ्का गरिएको छ ।

बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो । सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् ।